वादी समुदायका अगुवा रंगे वादीको निधन


 


बझाङ, माघ ५ । वादी समुदायका अगुवा रंगे वादीको निधन भएको छ ।

बझाङको थलारा गाउँपालिका-५, खोली बस्ने रंगको निवासमै निधन भएको हो ।

बिहीबार दिउँसो आराम गर्न भनेर सुतेका उनी साँझ मृत भेटिएको उनका छोरा मौसम वादीले जानकारी दिए ।

बुधबार मात्रै उनी सामान्य रिङ्गाटा लागेको भन्दै स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेर फर्किएका थिए ।

शुक्रबार उनको थलाराको झनाना स्थित सेती किनारमा दाह संस्कार गरिएको छ ।

वादी समुदायको इतिहास, परम्परा र संस्कृतिका जानकारी रंगे वादी कुसल गायक, मादल र सारंगी बादक पनि थिए ।

उनी यो समुदायको मुख्य पेशाको रुपमा रहेको माटोको भाँडा बनाउन सबैभन्दा सिपालु अगुवा समेत हुन् ।

उनी पछिल्लो समय आधुनिक प्रविधिका कारण वादी समुदायको जिविकाको श्रोतको रुपमा रहेको नाचगानको परम्परा र माटोका भाँडा बनाउने पेशा संकटमा परेकोप्रति निकै चिन्तित थिए ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्