धरानमा सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्री गर्न नपाइने


 


काठमाडौं, माघ ५ । धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएको छ ।

यसअघि २९ पुसमा बसेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार नगरप्रमुख हर्क साम्पाङले शुक्रबार सार्वजनिक सूचना निकाल्दै सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाइएको जानकारी दिएका हुन् ।

सूचनामा १५ दिनपछि सूर्तीजन्य वस्तु विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लागू हुने जानकारी गराइएको छ ।

सार्वजनिक स्थानमा चुरोट, बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुटखा, पान पराग वा यस्तै सूर्तीजन्य वस्तु भण्डार, विक्री र प्रयोग गरे नगर प्रहरीले जफत गर्नुका साथै कानुन बमोजिम कारबाही गर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्