लक्ष्मी सनराइज बैंकद्वारा ‘ई-कमर्स अक्वायरिङ’ सेवा सुचारु


 


काठमाडौं, माघ ५ । लक्ष्मी सनराईज बैंकले “ई(कमर्स अक्वायरिङ गेटवे” सेवा संचालनमा ल्याएको छ ।

नेप्स अन्तरर्गत ई(कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक हो । यो सेवा नेप्स र भिजाको सहायक संस्था, साइबर सोर्स संगको सहकार्यमा विकास गरेको हो ।

यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकमहानुभावहरुले ई(कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नु हुनेछ । ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ती ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन सक्दछ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्नु हुनेछ भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नु हुनेछ । तसर्थ यो सुविधाले देशको ई-कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराईज बैंकको रहेको छ ।

लक्ष्मी सनराईज बैंकले देश भर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ एटिएम, १४१ शाखा रहित बंकिङ र पाँच हजार भन्दा बढी रेमिटेन्स एजेन्टमर्फत आफ्नो सेवाहरु प्रधान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्