राउटे बालिकाको मृत्यु


 


दैलेख, माघ ५ । राउटे समुदायमा एक बालिकाको विहीबार राति मृत्यु भएको छ ।

एक महिनाअघिदेखि विरामी रहेकी हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाहीको मृत्यु भएको हो ।

उपचार अभावले उनको मृत्यु भएको बताइएको छ । विरामी अवस्थामा नै खानपिनामा ध्यान नदिँदा उनको मृत्यु भएको बुझिएको छ ।

भैरबी गाउँपालिका–४ को गडजिउलामा बस्दै आएका राउटे आजै नै मृतकको दाहसंस्कार गरी चामुन्डाबिन्द्रासैनी नगरपालिका–४ सुईयातडामा बसाई सारेका छन् । मान्छेको मृत्यु हुने बित्तिकै बसाई सर्नुपर्ने यो समुदायको परम्परा छ ।

दुई बर्ष यतादेखि राउटे जनसंख्या घटदै गएको छ । केही महिना अघि दिपक शाहीकी श्रीमतीको मृत्यु भएको थियो ।

अब राउटे समुदायको संख्या अब १३७ मा सीमित भएको छ ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्