एक थान भरूवा बन्दुकसहित ६ जना पक्राउ


 


बागलुङ, माघ ५ । बागलुङको जैमिनी नगरपालिका–८ गाईधुने हुनेहवा सामुदायिक वनको समाखरी भन्ने स्थानबाट
१ थान भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले सोही नगरपालिका–८ बस्ने बाँके राप्ती सुनारी गाउँपालिका–१ घर भएका ३२ वर्षीय बिष्णु कुमालसहित ६ जनालाई बिहीबारराति पक्राउ गरेको हो ।

उक्त स्थानमा भरूवा बन्दुक पडकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छिस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्