बोक्सी आरोपमा हत्या गरेर फरार दुईजना १५ वर्षपछि पक्राउ


 


काठमाडौं, माघ ५ । बोक्सी भएको भन्दै एक जनाको हत्या गरेको आरोप लागेर फरार रहेका दुई जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको एसपी मिलन केसीले बताए ।

उनका अनुसार उनीहरु दुई जनामाथि २९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई कुटपिट गरेर हत्या गरेको आरोप छ ।

उनीहरुलाई खोजतलास गर्ने क्रममा पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको एसपी केसीले बताए ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्