खाजा घरमा जुवातास खेलिरहेका सात जना पक्राउ


 


काभ्रे, माघ ५ । खाजा घरमा जुवातास खेलिरहेका सात जना पक्राउ परेका छन् ।

जिल्लाको पनौती नगरपालिका ४ बसपार्कस्थित खाजा घरमा जुवातास खेलिरहेका धुलिखेल नगरपालिका १२ बस्ने ४६ वर्षीय विकास तामाङसहित साता जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ५६ हजार ५ सय ७० रूपैयाँ र १ बुक तास बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्