सालकको खपटासहित दुईजना पक्राउ


 


धनगढी, माघ ५ । कैलालीको बर्दगोरीयाबाट सालकको पखेटासहित दुई जना पक्राउ परेका छन् ।

बर्दगोरिया गाउँपालिका–६ मुडाबाट ११ किलो एक सय ग्राम सालकको खपटासहित भजनी नगरपालिका–८ का ३५ वर्षीय पर्शुराम चौधरी र जोशीपुर गाउँपालिका–४ का ३२ वर्षीय प्रेम चौधरी पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय सुख्खड कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई चेकजाँचका क्रममा बिहीबार दिउँसो पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुलाई बरामद पखेटा र एक थान मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि कैलालीको पहलमानपुरस्थित डिभिजन वन कार्यालय बुझाएको जनाएकाे छ ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्