व्यापारी अग्रवालको घरमा छापा, दुई करोड रुपैयाँसहित दुई जना पक्राउ


 


काठमाडौँ, माघ ५ । काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

विभागको टोलीले उक्त घरमा दुई करोड नगद फेला परेको छ । बरामद गर्नुका साथै अग्रवालसहित दुई जनालाई पक्राउ गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्