चन्द्रागिरिमा नगर प्रहरी परिचालन


 


काठमाडौं, माघ ५ । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीको व्यवस्था गरेर परिचालन गरेको छ ।

नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी परिचालन गरेको हो । नगर प्रहरीलाई आधारभूत तालिम तथा दज्र्यानी चिह्न समेत प्रदान गरिएको छ ।

तालिम सम्पन्न गरेका नगर प्रहरीलाई बिहीबार नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठलगायको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दज्र्यानी चिह्न प्रदान गरे ।

नगरपालिकाले नगर प्रहरीका लागि २५ पदमा आवेदन माग गरे पनि नगर प्रहरी प्रमुखबाहेक सबै पदपूर्ति भएको नगरप्रमुख गिरीले जानकारी दिए । नगर प्रहरी प्रमुखको परीक्षामा कोही उत्तीर्ण हुन नसकेपछि पुनः आवेदन खोलिने जनाइएको छ ।

अहिले नगर प्रहरी सहायक निरीक्षक ९असई० को कमाण्डमा टोली परिचालन हुने र नगरप्रहरीका लागि आवश्यक श्रोत साधनको व्यवस्थापन गरिने नगरप्रमुख गिरीले बताए ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्