सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्यो


 


काठमाडौं, माघ ५ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्