दार्चुलामा यात्रुबाहक बस दुर्घटना


 


दार्चुला । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको यात्रुबाहक बस दुर्घटना भएको छ ।

सुपप्र ०२ ००१ ख १०३१ नम्बरको यात्रुबाहक बस दार्चुलाको मकाहाली नगरपालिका वडा नम्बर ५ फोहर फाल्ने ठाउँ नजिकै सडकबाट महाकालीतिर खसेको हो ।

बसमा सवार १५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जना गम्भीर छन् ।

घाइतेहरु सबैलाई जिल्ला अस्पताल दार्चुला लगिएको छ । उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्