हुन्डी र सुन करोबारको आरोपमा नरेश अग्रवाल पक्राउ, दुई करोड नगद बरामद


 


काठमाडौं । हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाल दुई करोड नगदसहित पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागले अग्रवालको क्षेत्रपाटीस्थित निवासमा बिहीबार राति छापा मारेर उनलाई नगद सहित पक्राउ गरेको हो ।

अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि विभागले निगरानी गरिरएको थियो । विभागका अनुसार उनीको साथबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको छ ।

अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ । उनलाई राजस्वको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्