पार्टीपंक्तिलाई ओलीको निर्देशन- निर्णायक आन्दोलनको तयारीमा रहनू


 


काठमाडौं, माघ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई हानिकारक गठबन्धनबाट जोगाउन निर्णयक आन्दोलन गर्नुपर्ने बताएका छन् ।

बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अहिलेको गठबन्धन देशका लागि हानिकारक रहेको भन्दै उनले यसकाविरुद्ध निर्णायक कदम चाल्नुपर्ने बताए ।

एमालेमाथि प्रहार गर्नसक्ने अवस्था भएकाले आफूहरू निर्णायक लडाइँमा रहेको ओलीको भनाइ छ ।

ओलीले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले मिसन ८४ पर्खिन नसक्ने अवस्था आउने समेत बताए ।

जनताको बलमा आन्दोलनमा उत्रिन पर्ने, देश बर्बाद हुनबाट जोगाउनुपर्ने अवस्था भएकाले आन्दोलनका लागि तयार हुन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्