रवि लामिछानेविरुद्ध नेविसंघकाे उजुरी, सहकारी विभागअघि प्रदर्शन


 


काठमाडौँ, माघ ४ । नेपाल विद्यार्थी संघले पनि सहकारी घोटाला प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध उजुरी दिनुका साथै प्रदर्शन गरेको छ ।

नेविसंघले सहकारी विभागमा उजुरी दर्ता गर्दै सभापति लामिछानेविरुद्ध कारबाहीको माग गरेको हो । नेविसंघले सहकारी विभाग अगाडि विभिन्न नाराहरू सहित प्रदर्शन समेत गरेको थियो ।

नेविसंघ केन्द्रीय सदस्य आदर्श मल्लले सहकारी विभागलाई सहकारी घोटालाको तत्काल जाँच गर्न र संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न माग गरे ।

नेपाली जनताको सहकारी संस्थाहरूमा रहेको विश्वासलाई कमजोर पारेको नेविसंघले जनाएको छ ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्