बागलुङमा दुर्गा प्रसाईंमाथि हातपात


 


पोखरा, माघ ४ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।

बागलुङमा एक सभालाई सम्बोधन गर्न पुगेका उनलाई त्यहाँस्थित लोकतान्त्रिक चोकमा हातपात भएको हो ।

प्रसाईँलाई बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमले हातपात गरेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।

हातपात गर्ने गौतमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्