बक्सिङ खेलाडी नीता गोसाई भक्तपुरमा मृत फेला


 


काठमाडौं, माघ ४ । बक्सिङ खेलाडी नीता गोसाईं भक्तपुरमा मृत अवस्थामा फेला परेकी छन् ।

सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी उनी भक्तपुर नगरपालिका–८ स्थित घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

उनी झुण्डिएको अवस्थामा फेला पारेपछि दाइले डोरी काटेर निकालेको भनिएको डीएसपी बसन्त पाठकले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि पठाइएको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए ।

आत्महत्या दुरुत्साहनको कसूरमा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिइसकेको छ । परिवारले प्रहरी वृत्त, जगातीमा एक जना व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी दिएका थिए ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्