कालिमाटीबाट कोठाको ताला फोडेर धनमाल चोरी


 


काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाको ताला फोडेर धनमाल चोरी भएको छ ।

धादिङ धुनवेसी गाउँपालिका–८ घर भएका २८ वर्षीय राजन कार्कीको कोठाकाे ताला फाेडेर बुधबार साँझ नगद ८ लाख ५० हजार रूपैयाँ र सुनका विभिन्न गरगहना गरी करिब १८ लाख १० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्