एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ


 


धादिङ, माघ ४ । धादिङ प्रहरीले दुई थान एकनाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको गजुरी गाउँपालिका–४ अर्चले बस्ने ५६ वर्षीय धन बहादुर प्रजालाई प्रहरीले एकनाले भरुवा बन्दुक दुई थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रजाको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लोड अवस्थामा रहेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका–७ धैरेनिडाँडास्थित बाँसको झाडी नजिकैबाट लोड अवस्थामा रहेको १
नाल भरुवा बन्दुक बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको
हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्