बालिकालाई जबरजस्ती करणी गराउने मतियारसहित तीन जना पक्राउ


 


दाङ, माघ ४ । एक सात वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित प्रहरीले तीन जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

्पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका–६ बस्ने १० वर्षीय दुई जना बालक रहेका छन् ।

सुकविरले चार जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूमध्ये दुई जना बालकलाई आफन्तको जिम्मा लगाई पठाइएको छ भने सुकबिर कुमाल र अन्य दुई जना बालकविरुद्ध जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्