१३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ


 


मोरङ, माघ ४ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको सुन्दरहरैचा नगरपालिका–६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्