गरिमा विकास बैंकद्धारा ‘गरिमा फाइप इन वन बचत खाता’ सार्वजानिक


 


काठमाडाैं, माघ ४ । गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइप इन वन (5 In 1) बचत खाता’ सेवा सार्वजनिक गरेको छ ।

गरिमा फाइप इन वन बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम १०००% मा खाता खोली निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग, वेव बैकिङ्ग, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, सेयर ट्रेडिङ (टीएमएस) र मेरो शेयर खाता साथै ‘लकर फेसिलिटी’ मा ५० ५ प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ ।

यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहक महानुभावहरुले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ. ।

गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्राराम्भा गरेको हो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गरिरहेको छ ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्