एकै पटक पाँच पदमा नाम निकाल्ने मनीषालाई ओलीले दिए बधाई


 


काठमाडौं, माघ ४ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगले लिएको विभिन्न परीक्षमा एकैपटक पाँच पदमा नाम निकाल्ने गुल्मीकी मनीषा जिसीलाई बधाई दिएका छन् ।

पुर्वप्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा मनीषाको तस्बिरसहित बधाई दिएका हुन् । उनले मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने मनीषाले सकारात्मक सन्देश दिन सफल भएको पनि बताएका छन् ।

‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरूमा पढेँ । यो सुखद खबर हो’, ओलीले भनेका छन्, ‘मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना !’

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्