छोराको हत्या आरोप लागेका बाबु टीकापुरबाट पक्राउ


 


सुर्खेत, माघ ४ । सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोप लागेका बुवा कैलालीको टीकापुरबाट पक्राउ परेका छन् ।

उनलाई बिहीबार बिहान टीकापुर(१ बाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेर टीकापुर प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेत सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

मङ्गलबार बिहान १ बजेतिर उनले बन्चरो प्रहार गरी छोराको हत्या गरेको भन्दै मृतकका भाइले बुवाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए ।

हत्यापछि आरोपी कैलालीमा पुगेको सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्