सुनको मूल्य आज पनि घट्यो


 


काठमाडौं, माघ ४ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्