स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष जोशीको निधन


 


बाजुरा, माघ ४ । स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समयदेखि बिरामी भएकी जोशीको बुधबार रातु मृत्यु भएको हो ।

५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।

पछिल्लो केही समययता उनको उपचार जारी थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

जोशी कांग्रेस बाजुराको जिल्ला समिति सदस्य समेत थिइन् ।

प्रकाशित मिति: ४ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्