‘भारत चाँडै १० ट्रिलियन डलरको अर्थतन्त्र बन्छ’


 


एजेन्सी । विश्व आर्थिक मञ्चका अध्यक्ष बोर्हे ब्रेन्डले भारत चाँडै नै १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने बताएका छन् ।

भारतको बिजनेश टूडेसँगको विशेष कुराकानीका क्रममा अध्यक्ष ब्रेन्डले भारत १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने बाटोमा रहेको बताएका हुन् ।

विश्वमा भूराजनीतिक तनावका र कमजोर लगानी चक्रका कारण विश्व अर्थतन्त्र सुस्ताइरहेका बेला भारतको आर्थिक वृद्धिबाट भने आफू प्रभावित भएको उनले बताए । उनले यस वर्ष भारतको अर्थतन्त्र ८ प्रतिशतले बढ्ने पनि आँकलन गरे ।

स्विट्जरल्याण्डको डाभोसमा सञ्चालित विश्व आर्थिक मञ्चको सम्मेलनमा उनले आगामी दुई दशकभित्र भारत १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने दाबी गरे ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्