गौशला-२६ भन्दै एक युवतीको फोटो सार्वजनिक गर्ने पक्राउ


 


काठमाडौं, पुस ३ । ‘गौशाला २६’ भन्दै एक युवतीको ‍‍फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

‘गौशाला २६’ बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती हुन् ।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन् ।

उनलाई संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

एक युवतीले उनीविरूद्ध साइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएपछि व्यरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्