नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने उछाल


 


काठमाडौं, माघ ३ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दोहोरो अंकले गिरावट आएको छ । नेप्से १२।१० अंकले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकममा भने उछाल आएको छ । मंगलबार आठ अर्बको कारोबार भएको नेप्सेमा आज ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएकामध्ये ६३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८० कम्पनीको शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड, हिमालयन रि–इन्स्योरेन्स लिमिटेड र गरिमा डिभेञ्चर २०८५ रहेका छन् ।

त्यस्तै, स्टर्न हाइड्रोपावर लिमिटेड र भुगोल इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको ६५ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्