आर्मीमाथि बागमतीको राेमाञ्चक जित


 


काठमाडौं, माघ ३ । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको राेमाञ्चक जित हात पारेको छ । जितको लागि ९८ रनको सामान्य लक्ष्य बागमतीले २२।१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

बागमतीको जितमा अशोक पौडेलले ३० बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए । ओपनर आशुतोष घिरैयाले २, ईशान पाण्डे १२, रित गौतम ४, प्रतीक श्रेष्ठ ७ र रविन जोशीले १२ रन बनाए । प्रतिश जिसि २४ बलमा १ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहे ।

आर्मीका तिव्र गतिका बलर सोमपाल कामीले ३ र जितेन्द्र मुखिया र साहब आलमले २(२ विकेट लिए । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी २७।१ ओभरमा ९७ रनमा अल आउट भएको थियो ।

आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । भीम सार्की ४१ बलमा ३ चौकासहित १८ रन बनाए । पछिल्लो खेलमा मधेशलाई हराउन ह्याट्रिकसहित ६ विकेट लिएका सूर्यले आर्मीविरुद्ध पनि सानदार बलिङ गरे ।

सूर्यले ५ विकेट लिँदै सिनियर टोलीबाट खेलेका ८ खेलाडी सम्मिलित आर्मीलाई एक सय रन कटाउन पनि दिएनन् । आर्मीको टोलीमा सन्तोष कार्की, इमरान शेख र सन्दीप रजाली बाहेक अन्य ८ खेलाडीले नेपाली टोलीबाट खेलेका छन् ।

स्पिनर सहयोगी मैदानमा आर्मी कुनै पनि समय खुल्न सकेन । तीव्र गतिका बलर प्रतिश जिसीले इमरान शेखलाई ५ रनमा क्याच र सन्तोष कार्कीलाई रिजन ढकालले ९ रनमा बोल्ड गरे । त्यसपछि सूर्यले आर्मीको मध्यक्रम ध्वस्त पारेका थिए । आर्मीले सोमपाल कामीलाई तेस्रो नम्बरमा पठाएको थियो ।

सोमपाल रिजन ढकालको बलमा शून्यमा प्रतिशबाट क्याच आउट भए । सूर्यले कुशल मल्ललाई शून्य, बसिर अहमदलाई ५ र साहब आलमलाई ७ रनमा बोल्ड आउट गरे । त्यस्तै स२र्यले भीम सार्कीलाई १८ र सन्दीप रजालीलाई एक रनमा क्याच गराए । विवेक यादव ११ रनमा नट आउट रहे ।

बागमतीका सूर्य तामाङले ९ ओभरमा २ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए । योसँगै उनी ४ खेलमा १७ विकेटका साथ शिर्ष स्थानमा छन् । प्रतिश जिसीले ५।१ ओभरमा २ मेडनसहित ८ रन खर्चेर २ विकेट लिए । रिजन ढकालले ५ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए । कृर्जन गुरुङको नाममा एक विकेट रह्यो ।

बागमती सुरुवाती दुई खेलमा पुलिस र एपीएफसँग पराजित भएको थियो । मधेस र आर्मीलाई हराएको छ । आर्मी पहिलो खेलमा मधेसलाई हराएको थियो ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्