सुनजस्तो देखि पहिलो धातु र नगदसहित एकजना पक्राउ


 


काठमाडौं, माघ ३ । कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस नजिकबाट सुन जस्तो देखिने पहेलो धातु र नगदसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

सुन जस्तो देखिने धातु करिब १० तोला ६ लाल र नगद ३६ हजार रूपैयाँसहित पाल्पा रम्बादेबी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–१ मोहोरिया टोल बस्ने २४ वर्षीय दिलिप गहतराजलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख १२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई २ वटा ढिक्का, २ वटा गोलो रिङ, २ वटा सानो सानो टुक्रामा राखेको उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्