काठमाडौंमा दुई जना मृत फेला


 


काठमाडौं, माघ ३ । काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा ज्यामी काम गर्ने एक जना मृत फेला परेका छन् ।

धादिङ थाक्रे गाउँपालिका–१ घर भएका २८ वर्षीय सानुमान तामाङ सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्