काठमाडौंमा आगोले जलेर एक जनाको मृत्यु


 


काठमाडौं, माघ ३ । काठमाडौंमा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्