सुनजस्तो देखिने पहेलो धातुसहित दुई जना पक्राउ


 


काठमाडौं, माघ ३ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित विकासशिल चोकबाट सुन जस्तो देखिने ६ सय ५८ ग्राम पहेलो धातुसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका–१८ बस्ने ५४ वर्षीय राधेश्याम माझी र गोरखाको गोरखा नगरपालिका–१ बस्ने ३८ वर्षीय यदु कुमार
विक छन् ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रूमालमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धनमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्