प्रहरीको गोली लागेर मृत्यु भएका बिनको परिवारलाई आर्थिक सहयोग


 


बारा, माघ ३ । मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णप्रसाद यादवले प्रहरीको गोली लागेर ज्यान गुमाएका लक्ष्मीमुखिया बिनको परिवारलाई १ लाख २५ हजार सहयोग गरेका छन् ।

नेपाली कांग्रेस मधेस प्रदेशका सभापति समेत रहेका यादवले बाराको सिम्रौनगढ नगरपालिका – १ निवासी बिनको परिवारलाई नगद सहयोग गरेका हुन् ।

मंसिर २७ मा शिक्षकहरुको आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर बिनको मुत्यु भएको थियो । मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्