अभियानमा खटिने प्रतिनिधिलाई कांग्रेसले अभिमुखीकरण दिँदै


 


काठमाडौं, माघ ३। नेपाली कांग्रेसले यही माघ ७ गतेदेखि माघ २२ गतेसम्म हुने समुदायमा कांग्रेस अभियान अन्तर्गत जिल्लामा खटिने केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण दिने भएको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार जिल्ला खटिने नेताहरूलाई अभिमुखीकरण दिन लागिएको हो ।

उक्त अभियानका लागि जिल्ला खटिने प्रतिनिधिलाई अभिमुखीकरण दिन लागिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए । उनका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले ७७ जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिने छन् ।

यसअघि दसैं–तिहार र जाजरकोट भूकम्पको कारणले रोकिएको समुदायमा कांग्रेस अभियान माघ ७ देखि २२ सम्म गर्न लागेको हो ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्