जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ


 


कञ्चनपुर, माघ ३ । कञ्चनपुरको भिमदत्त नगरपालिका–४ स्थित सहारा होटलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला बैतडी दशरथचन्द नगरपालिका–११ स्थायी ठेगाना भएका होटल संचालक ३७ वर्षीय गणेशसिंह बुडालसहित पाँच जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त होटेलमा चेकजाँच गर्दा उनीहरुलाई नगद रु. ४८ हजार २६० रुपैयाँ र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्