घरको छतबाट लडेर एकजनाको मृत्यू


 


धनगढी, माघ ३ । धनगढीको धनगढीमा घरको छतबाट लडेर एकजनाकोे मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि छोरा लोकबहादुर माझीको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका–३ का ६५ वर्षीय बिष्णुबहादुर माझीको घरको तीन तला माथिबाट लडेर मृत्यु भएको हो ।

छतबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा बुधबार बिहान २ बजेतिर मृत्यू भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्