सुनको मूल्य आज एकैदिन १२ सय रुपैयाँले घट्यो


 


काठमाडौं, माघ ३ । नेपाली बजारमा सुनको मूल्य आज (बुधबार) एकैदिन तोलामा हजार दुई सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला एक लाख १९ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्