सर्वश्‍वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ


 


काठमाडौं, माघ २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युराले सर्वश्‍वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादीलाई २१ वर्षपछि पक्राउ गरेको छ ।

२०५९।११।२८ गते धादिङको मैदी–९ स्थायी ठेगाना भई हाल ज्वालामुदी गाउँपालिका–१ स्थित घरबारीमा बस्ने सुर्य बहादुर दवाडीलाई व्युरोको टोलीले २१ वर्षपछि पक्राउ गरेको हो ।

दवाडीलाई अंश सम्बन्धी विषयमा झगडा भई आफ्नै श्रीमती सानुमाया दवाडीलाई कुटपिट गरी नाम्लोले घाँटीमा कसि कर्तव्य गरी रूखमा झुण्डाई हत्या गरेको कर्तव्य ज्यान सम्बन्धी अनुसन्धानमा धादिङ जिल्ला अदालतले २०६१।०२।०५ गते सर्वश्‍व सहित जन्मकैदको फैसला गरेको थियो । सर्वोच्च अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरेको थियो ।

दवाडी निज प्रतिवादी फरार भई भारतको विभिन्न स्थानहरूमा लुकी छिपी बसेको र हाल निज नेपालमा प्रवेश गर्दैछ भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धानको टोलीले सोमबार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदातल दाखिला गरेकोमा अदालतको आदेशमा कैद भुक्तानको लागि केन्द्रीय कारागार जगनाथदेवल पठाइएको व्युरोले जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्