ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा लुईटेल


 


काठमाडौं, माघ २ । ग्लोबल आइएमई बैंक लिमिटेडको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मन्दिप लुईटेललाई नियुक्त गरिएको छ ।

कम्पनीको सञ्चालक समितिले गत पुस २९ गते उनीसँग एक करार सम्झौता गरी माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो। सप्तरी निवासी लुईटेल यसअघि सानीमा क्यापिटल लिमिटेडमा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए ।

भारतको पुनेबाट एमबिए गरेका लुईटेलले काठमाडौं विश्वविद्यालयबाट ईन्जिनियरिङ्गमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् । उनले भारतको मुम्बईस्थित आइसिआइसि बैंकमा करीब डेढ वर्ष क्यापिटल मार्केटरस्ट्रक्चर्ड फाइनान्स ग्रुपमा पनि म्यानेजर भई काम गरेका थिए ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्