नेप्सेमा ५४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो


 


काठमाडौं, माघ २ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा मंगलबार ५४.५४ अंकले बढेर दुई हजार एक सय ७५ दशमलव १७ विन्दुमा बन्द भएको छ ।

त्यस्तै, आज कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएकामध्ये २१४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३१ कम्पनीको शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार ५ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै, आज १५ कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतको वृद्धि भएको छ भने ७ कम्पनीको शेयरमूल्यमा ७ प्रतिशतको वृद्धि भएको छ ।

त्यस्तै, ज्योती विकास बैंक बोण्ड २०८७ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९।९९ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको २८ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्