जलहरी भ्रष्टाचारमा मुछिएका सदस्य सचिव थापा ३ लाख धरौटीमा रिहा


 


काठमाडौं, माघ २ । पशुपतिको जलहरी निर्माण भ्रष्टाचारका आरोपित एवं पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापा तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

विशेष अदालतका सदस्यहरु डा। खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा डेढ किलो सुन हिनामिना गरेर भ्रष्टाचार गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका मिलन थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।

अख्तियारले कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा। प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्