लागूऔषधसहित तीन जना पक्राउ


 


काठमाडौं, माघ २ । सुनसरीको धरान उपमहानगरपालिका–४ खैरेनीटारबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

खैरेनीटार बस्ने २० वर्षीय सुलभ राईसहित दुई जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट पत्राङ्बारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय राहुल ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ
गरेको जनाएको हो ।

यी दुबै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्