अपरिचित व्यक्तिकाे कुटपिटबाट दाजुकाे मृत्यु, बहिनी घाइते


 


सुर्खेत, माघ २ । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीमा १८ वर्षीय भरत बुढा मृत भेटिएका छन् बहिनी घाइते अवस्थामा फेला परेकी छन् ।

सोमबार राति बुढा शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा मृत फेला परेका हुन् भने उनकी १५ वर्षीया बहिनी सामान्य घाइते अवस्थामा फेला
परेकी हुन् ।

उनको घरमा अपरचित व्यक्ति आई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ संलग्न व्यक्तिको खोजी तथा अनुसन्धानको लागि कुकुरसहितको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्