जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ


 


उदयपुर, माघ २ । उदयपुरको कटारीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

एक ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–८ बेलटार मरुवा बस्ने ५० वर्षीय टंकबहादुर कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले ती महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्