सवारी दुर्घटनामा दुई जनाको मृत्यु


 


काठमाडौँ, माघ २ । सर्लाहीको ईश्वरपुरमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–११ कर्ममुहान चोकमा ज.२ प १७२५ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०१–०२६ च ०७५९ नम्बरको पिकअप एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक चन्द्रनगर नगरपालिका–३ बस्ने ३५ वर्षीय राज नारायण महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, बर्दियाको राजापुर नगरपालिका–५ बदालपुरस्थित सडकमा भे.७ प ६११ नम्बरको मोटरसाइकल सडक छेउमा रोकी राखेको ना.८ ख १३८५ नम्बरको ट्रकमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय बिन्द्रा प्रसाद चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धानमा गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्