रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्दै


 


काठमाडौं, माघ २ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले यही माघ १० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले बुक बिल्डिङ विधिमार्फत् पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रूपैयाँको १० दशमलव १४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रूपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा विक्रीका लागि छुट्याएको छ ।

प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्ने कम्पनीले जनाएको छ ।

सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तामा विक्री गर्नुपर्ने व्यवस्था छ ।

योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।

योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ६०८ रूपैयाँदेखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकिएको छ । तोकिएको मूल्य सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्