आज सुनको मूल्य घट्यो, कति छ तोलाको ?


 


काठमाडौं, माघ २ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्