त्रिशुलीमा खसेको गाडी भारतीय बोलेरो भएको पुष्टि, मानिस भेटिएनन्


 


काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा खसेको गाडी बोलेरो (सिंगल क्याविन) भएको खुलेको छ ।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी भेटिएको हो । तर गोताखोरको टोलीले गाडीमा कुनै पनि मानिस नभेटिएको जनाएको छ ।

मंगलबार बिहान करिब ४ः५० बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

गाडी खसेको सूचनापछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली समेत परिचालन भएको थियो । नम्बर प्लेट फेला परेअनुसार नदीमा खसेको गाडी भारतीय हुनसक्ने आकलन गरिएको छ।

प्रकाशित मिति: २ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्